arrow

विमलालाई झुण्ड्याइएको भन्दै गौशाला वृत्त अघि प्रदर्शन, मिर्गौला झिकेर बेच्ने उद्देश्यले हत्या गरिएको आरोप

logo
प्रकाशित २०७६ असार १० मंगलबार
samata1.jpg

काठमाडौं ।  यही असार ३ गते कुमारीगालस्थित समता अस्पतालमा मृत भेटिएकी २७ वर्षीया विमला तामाङका आफन्तले अझै शव बुझेका छैनन् । तामाङको हत्या गरेर शव झुण्ड्याइएको भन्दै आफन्तले एक सातादेखि दैनिक महानगरीय प्रहरी वृत्त गौशाला अगाडि प्रदर्शन गर्दै आएका छन् ।
    
असार २ गते बेलुकी निवासमा नगएपछि परिवारले उनको खोजी गरेका थिए । ३ गते अस्पतालमा झुण्डिएको अवस्थामा तामाङको शव फेला परेको थियो । तामाङका श्रीमान् बुद्धिराजले अस्पतालकी प्रशासन प्रमुख कला सञ्जेल, सोधपुछ कक्षकी सङ्गीता केसी र कार्यालय सहयोगी तीर्थकुमारी श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएपछि तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले राससलाई जानकारी दिए ।
 
काभ्रेपलाञ्चोक जिल्ला सुनकोशी गाउँपालिका–३, कात्तिके देउराली स्थायी घर भएकी तामाङले दुई महीनादेखि अस्पतालमा काम गरेको तलब पाएकी थिइनन् । काम गरेको तलब पाएपछि अस्पताल छोड्छु भनेको प्रदर्शनमा उत्रिएका आफन्त देव लामाले सुनाए ।
     
प्रदर्शनमा उत्रिएका केही आफन्तले भने तामाङको मिर्गौला झिकेर बेच्ने उद्देश्यले उनको हत्या गरिएको आरोप लगाएका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ