arrow

अन्ततः अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा

logo
प्रकाशित २०७६ असार ९ सोमबार
argentina1.jpg

काठमाडौं । अन्ततः अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमै कोलम्बियासंग २–० गोल अन्तरले पराजित भएर खराव सुरुआत गरेको भए पनि अन्तिम खेलमा एसियाली आमन्त्रित राष्ट्र कतारलाई कतारलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।

Martinez jumps for joy after breaking the deadlock in the must-win Copa America clash

सोमबार बिहान सम्पन्न खेलमा लौटारो मार्टिनेजले खेलको चौथो मिनेटमै गोल गर्दै अर्जेन्टिनालाई अगाडि बढाए । त्यस्तै ८२ औं मिनेटमा सर्जियो अग्युरोले गोल गरेर टिमलाई जिताए । 

Aguero drills the ball into the bottom corner in the 82nd minute as Argentina beat Qatar 2-0

अर्जेन्टिनाले समूह चरणको दोस्रो खेलमा भने पाराग्वेसंग १–१ गोलको बराबरी खेलेको थियो । समूह बी मा कोलम्बिया ९ अंकसहित शीर्ष स्थानमा रहेर क्वार्टरफाइनलमा पुग्यो ।

Sergio Aguero made sure of Argentina's progression to the Copa America quarter-finals

अर्जेन्टिनाले ४ अंकसहित दोस्रो हुँदै क्वार्टरफाइनलमा पुग्दा तेस्रो स्थानको पाराग्वे २ अंकबाट तेस्रो भयो । 

The striker is mobbed by his Argentina team-mates after easing any potential nerves early on

समूह चरणको खेलमा पाराग्वे कोलम्बियासंग १–० गोल अन्तरले सोमबार बिहान नै पराजित भएपछि अर्जेन्टिनाको भाग्य खुलेको हो । 

Qatar players desperately attempt to close down five-time Ballon d'Or winner Messi

कतार १ अंकबाट पुछारमा हुँदै बाहिरिएको छ । पाराग्वेको सम्भावना अझै छ । उत्कृष्ट तेस्रो स्थान ओगट्ने दुई टिमले पनि क्वार्टरफाइनलमा स्थान बनाउने छन् । 

Qatar coach Félix Sánchez Bas complains on the sidelines during the Copa America encounter



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ