arrow

क्रिकेट खेलमा ब्याट्सम्यान कति किसिमले आउट हुन्छ ?

logo
प्रकाशित २०७६ असार ७ शनिबार
best-catches.jpg

काठमाडौं। क्रिकेटको नियमबारे धेरै मानिसहरुलाई जानकारी होला। तर, खेलमा धेरैपटक दोहोरिने नियम मात्र मानिसको दिमागमा झट्ट आउँछ। निकै कम मात्र हुने घटना तथा नियम भने क्रिकेटप्रेमीलाई थहा नहुन पनि सक्छ। यस्तै क्रिकेट खेलमा ११ प्रकारले ब्याट्सम्यान आउट हुन्छ। यहाँ त्यसको प्रकारको वर्णन गरिएको छ – 

१. बोल्ड 
यदि बलरले फ्याँकेको बलले ब्याट्सम्यानपछि रहेको स्टम्पमा लाग्छ भने ब्याट्सम्यान आउट हुन्छ। यो क्रिकेटमा धेरै ब्याट्सम्यान आउट हुने तरिका हो। 

Image may contain: one or more people, people playing sports and outdoor

२. क्याच 
क्रिकेट खेलमा तीन किसिमका क्याच हुन्छन् पहिलो फिल्डरले क्याच गर्नु हो। यदि  बलरले फ्याँकेको बल ब्याट्सम्यानले प्रहार गर्दा मैदानको निर्धारित लाइनभित्रै जमिनमा खस्नुअघि त्यहाँ रहेका खेलाडीले सामातेको खण्डमा ब्याट्सम्यान आउट हुन्छ। यदि बलरले उक्त बल आफैले समातेको खण्डमा त्यसलाई क्याच एण्ड बोल्ड भनिन्छ। र विकेटकिपर वा स्लिपमा रहेको फिल्डरले समातेको खण्डमा त्यसलाई क्याच बिहाइन्ड भनिन्छ। 

Image may contain: one or more people and people playing sports

३. स्टम्पिङ 
बलरले फ्याँकेको बल ब्याट्म्यानले प्रहार गर्न क्रममा त्यहाँ खिचीएको लाइन भन्दा अगाढि सरेको अवस्थामा ब्याट्म्यानले त्यो बल मिस गरेपछि उक्त खिचीएको लाइनभन्दा अगाडि ब्याट्म्यान रहेको स्थितिमा विकेटकिपरले बलबाट स्टम्प ढालिदिन सक्छन्। त्यो अवस्थामा ब्याट्म्यान आउट हुन्छ। धेरैजसो स्टम्पिङ सुस्त वा मध्यमगतिको बलमा हुने गर्छ।

Image may contain: one or more people, people playing sports, outdoor and nature

४. बललाई दुईपटक प्रहार गर्नु 
यदि ब्याट्सम्यानले बललाई दुईपटक प्रहार गरेको खण्डमा पनि ऊ आउट हुन्छ। पहिलोपटक बलरले बल फ्याँकेपछि ब्याट्सम्यानले जानाजान त्यसलाई पुनः प्रहार गरेको खण्डमा ब्याट्सम्यान आउट हुन्छ। अहिलेसम्म यस किसिमको आउट कुनै पनि ब्याट्सम्यान भएका छैनन्। 

Image may contain: grass, outdoor and nature

५. हिट विकेट
यदि ब्याट्सम्यानले बल प्रहार गर्ने वा रन लिने क्रममा शरीरको भाग वा ब्याटले स्टम्पलाई हानेको खण्डमा ब्याट्सम्यान आउट हुन्छ। 

Image may contain: one or more people, people playing sports, stadium and outdoor

६. फिल्डरलाई रोक्न खोज्नु 
यदि ब्याट्सम्यानले फिल्डरलाई रोक्ने प्रयास गरेको खण्डमा पनि ऊ आउट हुन्छ। यदि ब्याट्सम्यानले फिल्डरले विकेटकिपरलाई दिएको बल रोकेको खण्डमा पनि ऊ आउट हुन्छ। 

Image may contain: one or more people, people playing sports, outdoor and text

७. टाइम आउट 
एकदिवसीय क्रिकेटमा यदि नयाँ ब्याट्सम्यान ३ मिनेटभित्र बाउन्ड्री लाइन पार गरेर मैदानमा प्रवेश नगरेको खण्डमा ब्याट्सम्यान आउट हुन्छ। टी२० क्रिकेटमा भने यो समय केवल १ सय २० सेकेण्ड अर्थात् २ मिनेटको राखिएको छ।

No photo description available.

८. एलबीडब्ल्यू
बल बलरले फ्याँकेको बल ब्याट्सम्यानको शरीरको कुनै पनि भागमा लाग्यो र त्यो बल स्टम्पको दिशामा छ भने त्यस्तोमा ब्याट्सम्यान आउट हुन्छ। 

Image may contain: people playing sports and outdoor

९. बल नियन्त्रणमा लिनु
यदि ब्याट्सम्यानले आफ्नो हातले फिल्डरको अनुमति विना बल छोएको खण्डमा ब्याट्सम्यान आउट हुन्छ। तर, त्यसका लागि फिल्डिङ टोलीले अपिल गर्नुपर्ने हुन्छ। यो नियम अहिले फिल्डरलाई रोक्न खोजेको नियममा पर्छ। सन् २०१७ यो नियमलाई उक्त नियममा मिसाइएको हो।

Image may contain: one or more people, people playing sports and outdoor

१०. रन आउट
यदि ब्याट्सम्यान रनको खोजीमा दौडिरहँदा क्रिजमा पुग्नुभन्दा पहिला नै फिल्डरले बलले स्टम्प ढालेको खण्डमा ब्याट्सम्यान आउट हुन्छ। 

Image may contain: one or more people, people playing sports and outdoor

११. रिटायर्ड  हर्ट
यदि ब्याट्सम्यानले अम्पाएरको अनुमति विना नै मैदान छाडेको खण्डमा र विपक्षी कप्तानसँग आफ्नो इनिङ शुरु गर्न अनुमति नलिएको खण्डमा स्वतः आउट हुन्छ।

Image may contain: one or more people, people playing sports and outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ