arrow

विप्लवका सर्लाही इन्चार्ज मारिए

logo
प्रकाशित २०७६ असार ५ बिहिबार
biplob.jpg

सर्लाही। प्रहरीको गोली लागेर नेत्रविक्रम चन्द (विप्लव) समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका छन् । जिल्लाको बागमती नगरपालिका २ धरहरा घर भएका पौडेल आज दिउँसो लालबन्दी नगरपालिका वडा नम्वर १ र १० को सीमामा पर्ने चन्द्रपुर जङ्गलमा प्रहरी कारवाहीमा मारिएका हुन् ।

 प्रहरीले दोहोरो भीडन्तमा उनी मारिएको र अन्य केही कार्यकर्ता भाग्न सफल भएको दावी गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर चोकबाट झण्डै तीन किलोमिटर उत्तरमा पर्ने घटनास्थल जिल्लाका सञ्चारकर्मी पुग्दा स्थानीयवासीले आज दिनभर बन्दुक पड्किएको आवाज नसुनिएको बताएका छन् ।

यसबारेमा बुझ्न खोज्दा सर्लाहीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईसहित सुरक्षा निकायका प्रमुखहरु सम्पर्कमा आउन चाहेका छैनन् । यता विप्लव समूहको जनकपुर ब्यरो स्रोतका एक नेताले जिल्लाका सञ्चारकर्मीहरुलाई फोन गरी घटना सुनियोजित भएको बताउनु भएको छ ।

पौडेललाई दोहोरो भीडन्तमा नभई नियन्त्रणमा लिएर मारिएको ती नेताले दावी गर्नुभएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ