arrow

पुलमा हिँडिरहेकी महिला नारायणीमा हाम फालेर बेपत्ता

logo
प्रकाशित २०७६ असार ५ बिहिबार
Gandak-Barrage-over-Narayani-River.jpg.jpeg

भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०:३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी छिन् ।

पुलमा हिँडिरहेकी उनी एक्कासि नदीमा हाम फालेको प्रत्यक्षदर्शीको भनाइलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

पुलमा छाडेको झोलामा रहेको कागजातका आधारमा ती महिलाको पहिचान खुलेको र उनको खोजी भइरहेको नारायणगढ वडा प्रहरी कार्यालयले जनाएको छ । यसअघि असार १ गते राप्ती नगरपालिका वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा पनि स्कुटरबाट ओर्लेर सोही पुलबाट हाम फालेर बेपत्ता भएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ