arrow

नेपालको समृद्धिमा साथ दिन तयार छौ : मुख्यमन्त्री योगी

logo
प्रकाशित २०७६ असार ५ बिहिबार
yogi1.jpg

भारत, लखनउ । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगीआदित्यनाथले नेपालको सुख र समृद्धिमा भारतको सधै साथ रहने बताएका छन ।  नेपाल फाउन्डेसनको संयोजनमा मुख्यमन्त्री निवासमा बुधबार साँझ भएको नेपाली पत्रकारहरुसँगको भेटमा उनले नेपालको समृद्धि भए भारत समेत संतुष्ट हुने बताए ।

उनले नेपालिकालागी भारत आवत-जावत गर्ने वातावरण तथा भंन्सारको झन्झटलाइ अझै सहज बनाउने तर्फ आफुले भारतको केन्द्र सरकार सँगआग्रह गरेको समेत बताए । फाउण्डेसनका संयोजक विकास ठाकुरले नेपाल भारतको धार्मिक र सांस्कृतिक पर्यटनमा साझेदारिको आवश्यकता रहेको औल्याए ।

जवाफमा उनले भारतीय पर्यटकलाइ नेपाल लैजाने तर्फ आफू लागि पर्ने जनाए । उनले केही व्यक्तिहरुले नेपाल-भारत खुला सिमानाको फाइदा उठाउन भने खोजेको बताउँदै उनले त्यस तर्फ भने दुबै पक्ष सजग हुनुपर्नेमा जोड दिए ।  उनले भने, `लागू औषध र अवैध मुद्रा ओसारपसार तथा आपराधिक क्रियाकलाप गर्ने हरु सिमा क्षेत्रमा सक्रिय छ्न, त्यता तर्फ दुबै मुलुकले निगरानी गर्नु पर्छ ।´

नेपालीको स्वाभिमान बिश्वमा नै उच्च रहेको, नेपाल एक स्वाधिन र सम्प्रभुसत्ता सम्पन्न मुलुक भएको भन्दै उनले प्रशंसा समेत गरे । यस्तै नेपालीको धर्म संस्कृति समेत वैश्विक पहिचान भएको उनले बताए ।

उनले नेपालको पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्न भारतको दक्षिण तर्फका नागरिक समेत हप्तादिन लगाएर भए पनि नेपाल जाने गरेको आफुलाइ जानकारिमा आएको बताउदै धार्मिक पर्यटनमा बिश्वलाइ नेपालले तान्न सक्नु पर्नेमा जोड दिए ।

मुख्यमन्त्री योगीले छिटै भारतको गोरखपुरबाट नेपालका लागि बस सेवा संचालनको तयारी भएको समेत जानकारी दिए । भेटमा पत्रकार हरुले नेपाल भारत सम्बन्ध बारे जिज्ञासा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ