arrow

अष्ट्रेलियाको रोमाञ्चक जित

logo
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
australia6.jpg

काठमाडौं । इंगल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ । बिहीबार राति भएको खेलमा वेष्ट इण्डिजमाथि १५ रनको जित निकाल्दै अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको हो ।

GettyImages-1154082044

नटिंघममा अष्ट्रेलियाले दिएको २८९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ९ विकेटको नोक्सानीमा २७३ रन मात्र बनाउन सक्यो । 

GettyImages-1154074787

साई होप र कप्तान जासन होल्डरले राम्रो खेल खेले पनि टिमलाई जिताउन सकेनन् । होपले ६८ रन बनाए भने होल्डरले ५१ रन जोडे ।

निकोलस पुरनले ४० तथा क्रिस गेल र शिम्रोन हिटमायरले २१–२१ रनको योगदान दिएका थिए । 

मिचेल स्टार्कले उत्कृष्ट बलिङ गरेपछि वेष्ट इण्डिज जितबाट टाढिएको थियो । उनले १० ओभरमा १ मेडनसहित ४६ रन खर्चेर ५ विकेट लिएका थिए । यस्तै पाट कुमिन्सले २ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २८८ रन बनाएको थियो ।

Coulter-Nile

निकै खराब सुरुवात गरेको अष्ट्रेलियाका लागि बलर नाथन कल्टर नाइलले ४ छक्का र ८ चौकाको मद्दतले ९२ रन बनाएका थिए । 

त्यस्तै स्टिभ स्मिथले ७३ रन बनाए भने एलेक्स क्यारीले ४५ रन जोडे । कार्लोस ब्रेथवेटले ३ विकेट लिए भने ओसाने थोमस, शेल्डन कट्रेल र आन्द्रे रसेलले २–२ विकेट लिए ।

जितसंगै अष्ट्रेलियाले २ खेलबाट ४ अंक जोडेर दोस्रो दोस्रो स्थानमा पुगेको छ । पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई तथा वेष्ट इण्डिजले पाकिस्तानलाई समान ७ विकेटले हराएको थियो । 

अंक तालिकामा न्यूजिल्याण्ड ४ अंकसहित नै शीर्ष स्थानमा छ । वेष्टइण्डिज तेस्रो स्थानमा छ । अहिलेसम्म दक्षिण अफ्रिका र अफगानिस्तानले अंकको खाता खोल्न सकेका छैनन् । 

शुक्रबार पाकिस्तान र श्रीलंका खेल्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ