स्पेनिश लिगको अन्तिम खेलमा बार्सिलोना र रियाल मड्रिड हुन सकेनन् खुशी
प्रकाशित २०७६ जेठ ६ सोमबार
479
Shares
काठमाडौं । स्पेनिश लिग फुटबलमा लिग च्याम्पियन बार्सिलोना र तेस्रो स्थानमा रहेर लिग सकाएको रियाल मड्रिडले यसपटक अन्तिम खेल खुशीसहित टुंग्याउन सकेनन् ।
आइतबार भएको खेलमा बार्सिलोनाले आइबरसंग २–२ गोलको बराबरी खेल्यो ।
आइबरको मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले बराबरीसम्म पुर्याएको हो । निकै फराकिलो अन्तरले उपाधि जितेको बार्सिलोनाका लागि दुवै गोल कप्तान लियोनल मेस्सीले गरे ।
आइबरका लागि मार्क कुकुरेल्ला र पाब्लो डी ब्लासिसले १–१ गोल गरे ।