भ्रष्टाचार नियन्त्रण गर्न अनुसन्धान गरी चिरफार गर्नुपर्छ
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
816
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाले मुलुकमा बढी रहेको भ्रष्टाचार नियन्त्रण गर्न गहिरो अनुसन्धान गरी चिरफार गर्न आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६-७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि मंगलबार भएको छलफलमा भाग लिँदै उनले भने, “समृद्धिको बाधक भनेको भ्रष्टाचार हो, हामीले यसलाई नियन्त्रण गर्ने कुरा गरिरहेका छौँ, तर दिनदिनै झागिँदै गएको छ, भ्रष्टाचार गर्न किन मान्छे डराइरहेको छन् त्यसको अनुसन्धान गरेर चिरफार गर्नुपर्छ ।”
आगामी बजेटका प्राथमिकता र सिद्धान्तले सही दिशानिर्देशन गर्ने ढङ्गबाट आएको भनी स्वागत र समर्थन गर्दै उनले पूँजी परिचालन र खर्च व्यवस्थापनलाई मिलाएर बजेटका सम्बन्धमा सांसदले दिएको सुझाव समेट्न सुझाव दिए।