अंक तालिकामा म्यान्चेस्टर सिटी ९५ अंकबाट शीर्ष स्थानमा छ । दोस्रो स्थानको लिभरपुलको ९४ अंक छ । तेस्रो स्थानको चेल्सीको ७१, चौथो स्थानको टोटनह्यामको ७०, आर्सनलको ६७ र म्यान्चेस्टर युनाइटेडको ६६ अंक छ ।
सिटीले हार्यो भने ब्राइटन र लिभरपुल हार्यो भने वुल्भस जाइन्ट किलर बन्न सक्नेछ । यो खेलले उपाधिको छिनोफानो गर्नेछ ।
कार्डिफ सिटी, फुल्हम र हडर्सफिल्ड टाउन रेलिगेशनमा परेका छन् ।