पाँचथर । प्रहरीले पाँचथरको हिलिहाङ गाउँपालिकाबाट बालिका विवाह गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिलिहाङ गाउपालिका वडा नं. ७ बस्ने २३ वर्षिय चक्र तामाङ रहेका छन् ।
तेह्रथुमको आठराई गाँउपालाका बस्ने एक बालिकालाई फिदिम स्थित शिव मन्दिरमा ल्याई सिन्दुर पोते समेत गरि विवाह गरेको भनी उनी बिरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।
जाहेरीको आधारमा उनलाई बुधबार पक्राउ गरी आज वाल विवाह मुद्धा अन्तर्गत म्याद लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए। बालिका कक्षा आठमा अध्ययनरत रहेको थिइन् ।