arrow

पाँच ओभरको खेलमा पनि बर्षा भिलेन, बैंगलोर बाहिरिने पहिलो टिम 

logo
प्रकाशित २०७६ वैशाख १८ बुधबार
rain1.jpg

काठमाडौं । भारतमा जारी आइपीएल टी–२० क्रिकेट अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स बीचको खेल वर्षाले गर्दा रद्द भएको छ ।

बैंगलुरुस्थित मैदानमा मंगलबार राति वर्षाले खेल प्रभावित गरेपछि बैंगलोर र राजस्थानबीचको खेल नतिजाविहीन बनेको हो । 

लामो समय वर्षा भएपछि ५ ओभरमा मात्र घटाइएको खेल पनि पूरा हुन नसकेपछि खेल रद्द हुँदा खुवै टिमले १–१ अंक बाँड्न पुगे । 

खेलमा बैंगलोरले ६३ रनको चुनौती दिएको थियो । राजस्थानले ब्याटिङ गरिरहँदा वर्षाले खेल असम्भव हुनुअघि ३.२ ओभर खेल्दै १ विकेटको नोक्सानीमा ४१ रन बनाएको थियो । सन्जु सामसनले १३ बलमा २८ रन बनाएका थिए ।  यस्तै लियाम लिभिङस्टोन १२ रनमा नटआउट थिए । पाँच ओभरको खेलमा बैंगलोरले बनायो ७ विकेटको नोक्सानीमा ६२ रन 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोर ५ ओभरमा ७ विकेटको नोक्सानीमा ६२ रन जोडेको थियो । कप्तान विराट कोहलीले २५ तथा एबीडी भिलियर्सले १० रन जोडेबाहेक कसैले दोहोरो अंक बनाउन सकेनन् । 

श्रेयस गोपालले ह्याट्रिकसहित ३ विकेट लिए । उनले १ ओभर बलिङमा १२ रन दिएर ३ विकेट लिएका हुन् । उनले ओभरको चौथो बलमा कोहलीलाई, पाँचौमा भिलियर्सलाई र अन्तिम बलमा मार्कस स्टोइनिसलाई आउट गरेका थिए । श्रेयस गोपालले कोहली, एबी र स्टोइनिसलाई शिकार बनाउँदै बनाए ह्याट्रिक

यस्तै ओशाने थोमसले २ विकेट लिए । ओसाने थोमसले २ तथा रियान पराग र जयदेव उनादकटले १–१ विकेट लिए । 

राजस्थानसंगको खेल रद्द भएसंगै ९ अंकबाट पुछारमा रहेको बैंगलोर प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ । बैंगलोरले अब अन्तिम खेल खेल्न बाँकी छ । 

१३ खेलबाट ११ अंक जोडेको राजस्थान पाँचौं स्थानमा रहँदै प्ले अफ सम्भावना कायम राखेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ