बिष्णुमाथि देवेन्द्रको नजर : जस्तो ठूलो ओहदाको भए पनि कारवाही
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
336
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले भूमाफियासँग मिलेमतो गरेर सरकारी जग्गा अतिक्रमण गर्ने जस्तोसुकै ठूलो ओहदाको भए पनि सरकारले कारवाही गर्ने र सरकारी जग्गा संरक्षण गर्न सरकार प्रतिबद्ध रहने विश्वास व्यक्त गरेका छन् ।
उनले सरकारी जग्गा हिनामिना गरेको प्रमाणित हुनुपर्ने उल्लेख गरे । उनले सरकारी जग्गा हिनामिना गरेको प्रमाणित भएका जोसुकै पनि कानूनी कारवाहीको भागिदार बन्नुपर्नेमा जोड दिए ।
नेकपाका महासचिव विष्णुप्रसाद पौडेलको सन्दर्भमा हिनामिना गरेको नभेटिएकाले उनले राजीनामा दिनु आवश्यक नरहेको नेता पौडेलको भनाइ थियो । “विष्णु पौडेलले सरकारी हैसियत प्रयोग गरेर ललिता निवासको जग्गा खरीद गरेको होइन”, उनले भने, “प्रमाण पुगेको अवस्थामा व्यक्तिको अनुहार नहेरी भ्रष्टाचारीलाई कानूनी कारवाही गरेर सरकारले सरकारी जग्गाको संरक्षण गर्नेछ ।”