arrow

राष्ट्रपति भण्डारी ल्हासामा

logo
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
bidhya-china.jpg

ल्हासा । चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बेइजिङबाट ल्हासा पुगेकी छन् । मंगलबार  राष्ट्रपति भण्डारी एयर चाइनाको विमानबाट ल्हासा आइपुगेकी हुन् ।  

बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी भएर  राष्ट्रपति बेइजिङबाट ल्हासा पुगेकी हुन्  ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी छन् । राष्ट्रपति भण्डारी यही वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ