arrow

उपत्यकाका अधिकांश सवारीमा प्रदूषण फेल

logo
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
KTM_Pollution.jpg.jpeg

काठमाडौँ । उपत्यकामा चल्ने अधिकांश सवारी साधनमा प्रदूषण फेल रहेको देखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण अभियानअन्तर्गत ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र सवारी परीक्षणको संयुक्त टोलीले यातायातका साधनबाट हुने प्रदूषण अनुगमन तथा जाँच गर्दा अधिकांश सवारी साधनमा प्रदूषण फेल देखिएको हो ।

महाशाखाले गत चैत २१ गतेदेखि गरेको एक हजार ३२४ सवारी साधनको प्रदूषण अनुगमन तथा जाँचमा ६७० सवारी साधनमा प्रदूषण फेल देखिएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकामा चल्ने अधिकांश सवारी साधन प्रदूषण फेल देखिएको बताए । “ट्राफिक प्रहरीलाई पर्याप्त रुपमा प्रदुषण जाँच गर्ने मेसिन नहुँदा धेरै सवारी साधनको प्रदूषण जाँच गर्न सकिएको छैन”, उनले भने।

महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण अभियान–२०७५ अन्तर्गत करिडोर खोल्ने, जेब्राक्रसिङ निर्माण, आकाशे पुल निर्माण, प्रदूषण जाँचलगायतका काम गर्दै आएको छ । ट्राफिक प्रहरीले अहिले सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरेर सडकमा सवारी प्रदूषण जाँच गर्दै आएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन् । काठमाडौँ उपत्यकामा मात्र १० लाखको हाराहारीमा सवारी साधन सञ्चालन हुँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ