arrow

द्धन्द्धको प्रतिवेदन सरकारलाई 

logo
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
satya-niruparn-a.jpeg

काठमाडौं । द्वन्द्वकालीन न्याय निरुपणको जिम्मेवारी पाएको सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रतिवेदनमा सत्य निरुपण तथा मेलमिलापका लागि परेका उजुरीहरुको विवरण पनि उल्लेख गरिएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालिन न्याय निरुपण सम्बन्धि आयोगले हालसम्म गरेका कामहरुको विवरणसहितको प्रतिवेदन बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई बुझाएको हो । 

हाल पदाधिकारीविहिन रहेको सो आयोगको प्रतिवेदन निमित्त सचिव गोपिचन्द्र भट्टराई नेतृत्वको कर्मचारीहरुले मन्त्री ढकाललाई बुझाएका थिए । चैत्र मसान्तमा आयोगको पदाधिकारीको म्याद सकिनु अघि नै तयार पारिएको प्रतिवेदन सरकारलाई बुझाइएको निमित्त सचिव भट्टराईले जानकारी दिए ।

आयोगमा ६३ हजार गुनासाका फाइल छन् । 

अहिले आयोगमा जनशक्ति नभएका कारणले त्यहाँ नियुक्तिको प्रक्रिया चलिरहेको छ । राम्रा आवदेक नआए हाम्रा आवेदकलाई राख्ने भन्दै दौडधुप चलिरहेको बुझिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ