-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । वुल्भरह्याम्पटन वान्डेरर्ससंग पराजित भएसंगै आर्सनल इंगलिश प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा रहेर लिग सकाउने होडबाट लगभग बाहिरिएको छ ।

कमजोर आँकिएको वान्डेरर्ससंग उसकै भूमिमा ३–१ गोल अन्तरले पराजित भएपछि आर्सनल निराश देखिएको छ ।

३–० ले पछि परेको आर्सनलले ८० औं मिनेटमा सोक्राटिसले गोल गर्दै अन्तर मात्र कम गराए हार जोगाएनन् ।

निरश खेलेको आर्सनल २८ मिनेटमा पछाडि परेको थियो । आकर्षक खेलेको वान्डेरर्सका रुबेन नेभेसले पहिलो गोल दिलाएका थिए ।

३७ औं मिनेटमा माट् डोहर्तीले दोस्रो गोल दिलाए । डिएगो कोस्टाले ४५ औं मिनेटमा गोल गर्र्दै ३–० को स्थितिमा पुर्याए ।
यो हारले आर्सनलको ३५ खेलबाट ६६ अंक नै रहेको छ र पाँचौं स्थानमा छ ।

वुल्भरह्याम्पटन जितले ५१ अंकबाट सातौं स्थानमा पुगेको छ ।
