काठमाडौं । सातौं दक्षिण एसिया क्षेत्रीय मानवअधिकार शिखर सम्मेलन राजधानी एक समारोहबीच सम्पन्न भएको छ । सम्मेलनमा नेपाल लगायत भारत, पाकिस्थान, बंगलादेश, इन्डोनेशिया, ताइवान र अमेरिकाका युवाहरको सहभागी रहेको थियो ।
दुई दिने सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले मानवअधिकारको विषयहरुलाई राज्यले गम्भीर भएर सोच्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए। युवाहरुमा मानवअधिकारको संस्कृति बसाल्न आयोगले घरघरमा मानवअधिकार शिक्षा सचेतना अभियान लगेको बताए ।
दुई दशकदेखि मानवअधिकारको क्षेत्रमा कार्यरत रही काम गर्दै आएका युवा मानवअधिकारकर्मी गणेश प्रसाद घिमिरेलाई हयुमन राइट्स हिरो अवार्ड २०१९ बाट प्रमुख अतिथिले सम्मानित गरेका थिए । घिमिरे मानव अधिकार पत्रकार संघका पूर्व महासचिव पनि हुन् । हाल उनि एमनेस्टी इन्टरनेसनल नेपाल समुह ३ काठमाडौंको संयोजक साथै कलेजमा मानवअधिकार बिषय अध्यायपनमा पनि संलग्न पनि छन् ।
उद्घानटन सम्मेलनमा पूर्वप्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ, युथ फर हयुमन राइट्स इन्टरनेसनलका सभापति डा. मेरी, कादम्बरी मेमोरियल कलेजका कलेज प्रमुख प्रदिप्ता कादम्बरी, युथ फर हयुमन राइट्स नेपालका राहुल केसी र रिसी गौतम गायत अथितिहरुको उपस्थिति रहेको थियो ।
अमेरिकामा स्थापित युथ फर हयुमन राइट्स इन्टरनेसनलले विश्वभरी नै मानवअधिकारको विश्वव्यापी घोषणा पत्र र मानवअधिकार शिक्षालाई आफनो अभियानको रुपमा फैलाउदै आएको छ ।