'कांग्रेसका धेरै नेताहरुले राजतन्त्र फर्काउने सपना देखेको देख्दा विचित्र लाग्छ'
प्रकाशित २०७६ वैशाख ९ सोमबार
294
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका केही नेता जन्मसिद्ध श्रेष्ठताका आधारमा शासक बनाउन सकिन्छ कि भन्ने मानसिकतामा लागेको भन्दै त्यसले उसैलाई समेत फाइदा नगर्ने बताएका छन् ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार विशेष कार्यक्रम प्रधानमन्त्री ओलीले कांग्रेसले विगतदेखि नै प्रगतिशील शक्तिका विरुद्ध प्रतिक्रियावादी शक्तिसँग घाँटी जोड्ने गलत नीति लिएको भन्दै उनले त्यस्तो विरासतबाट पाठ सिकेर अगाडि बढ्न आग्रह गरे ।
“म चाहन्छु अब कांग्रेसले अहिलेसम्मको अवस्थाबाट पाठ सिक्नुपर्छ । यदि कांग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक शक्तिसँग नै एकता गर्नुपर्छ”– अध्यक्ष ओलीले भने, “कांग्रेसका धेरै नेताहरुले राजतन्त्र फर्काउने सपना देखेको देख्दा विचित्र लाग्छ, कुनै पनि लोकतन्त्रवादीले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त सही हो भनेर निवेदन हाल्दैन । जन्मसिद्ध श्रेष्ठता पशु र जीवमा हुन्छ तर मान्छे मान्छेका बीचमा जन्मँदै कोही ठूलो शासक र रैती जन्मने हुँदैन ।”