कोहलीले धोनीलाई एक रनले हराउँदा धोनीले जोडे नटआउट ८४
प्रकाशित २०७६ वैशाख ९ सोमबार
834
Shares
काठमाडौं । क्रिकेटमा एकै ओभरमा के हुन्छ भनी पत्तो हुन्न । आइतबार मध्यरात कटिसकेको थियो । अन्तिम ओभर बाँकी थियो ।
६ बलमा २६ रनको जरुरी । ५ बलमा २४ रन बनिसकेको थियो । अन्तिम बलमा जितका लागि दुई रन जरुरी । तर दौड्दा रनआउट ।
२४ रन प्रहार गर्ने खेलाडी थिए महेन्द्र सिंह धोनी । उनले हेलिकोप्टर सट हानिसकेका थिए । धोनी भएपछि असम्भव केही पनि लाग्दैन ।
रोयल च्यालेन्जर्स बैंगलोरले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाई सुपर किंगसका कप्तान धोनीले अन्तिम ओभरमा देखाएको यो खेल प्रदर्शनले क्रिकेटमा असम्भव केही छैन भन्ने पनि देखाएको छ ।
त्यसैगरी क्रिकेटमा रोमाञ्चकता पनि हुन्छ भन्ने देखाएको छ । यति हुँदाहुँदै पनि धोनीले हार्न पुगे । विराट कोहलीले एक रनले जिते ।
चेन्नाईले बैंगलोरसंग बैंगलुरुमा भएको खेलमा एक रनको हार बेहोर्यो ।
आइपिएल क्रिकेटको शीर्ष स्थानमा रहेको चेन्नाई विरुद्ध बैंगलोरले टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा १६१ रन बनायो ।