arrow

जन्ती बोकेको जिप दुर्घटनामा जोशीको मृत्यु, विवाह रोकियो

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ वैशाख ८ आइतबार
jip_accdint.jpg

बझाङ । खप्तड छान्ना गाउँपालिका नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको से १ ज ७ सय १८ नम्बरको बलेरो जिप खप्तड छान्ना गाउँपालिकाको लामातोला नजिकै बासपाटा भन्ने ठाउँमा दुर्घटना भएको छ ।  आईतबार भएको दुर्घटनामा दुलाहाको गाउँका ६५ बर्षिया बासुदेब जोशीको घटनास्थलमा मृत्यू भएको छ भने अन्य सात जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा चेतराज जोशी , गोकर्ण जोशी , नरेश प्रसाद जोशी , डम्मर प्रसाद जोशी, देबराज जोशी , सुकदेब जोशी र गाडी चालक जयराज जाशी रहेको प्रहरीले जनाएको छ  । चेतराज जोशीको गम्भीर चोट लागेको भएपनि अन्यको अबस्था सामान्य भएको र स्थानीयले उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल पठाएको  मृतकका आफन्त ईश्वर प्रसाद जोशीले बताए ।

  नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको उक्त गाडी गाउँबाट एक घण्टा हिडेपछि लामातोला नजिकै सडकको सतह चिप्लो भएको र ओरालो तथा कच्ची सडक भएको हुदाँ  दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तमैलवाट छान्ना हुदै अहिले सेती लोकमार्ग र खप्तड पर्यटकिय सडकमो सडकमा जिपहरु चल्ने गर्दछन् । मृतक जोशीलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याईएको छ ।

दुलाहा बलराम जोशीको बिबाह जयपृथ्बी नगरपालिकाको सुबेडामा आउने कार्यक्रम रहेको थियो । विवाहको जिप दुर्घटना भएर आफन्तको मृत्यु भएपछि विवाह स्थगित गरेको वताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ