arrow

प्रधानमन्त्री ओली आज मन्त्रिपरिषद विस्तार गर्दै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1374560633.jpeg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दैछन् । मन्त्रिपरिषद् विस्तारका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओली र एमाले नेता माधवकुमार नेपालबीच छलफल भएको छ । 

एमाले स्थायी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीका विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्षलाई दिएको थियो । प्रधानमन्त्री निर्वाचित भएको लामो समय भइसक्दा पनि सरकारको विस्तार हुन नसकेर विभिन्न मन्त्रालयको काम प्रभावित हुँदै आएको छ । 

‘‘प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ,” एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले भने – ‘अब विलम्ब गरेर हुँदैन ।’ सम्भवतः बिहीबार साँझसम्म मन्त्रिपरिषद विस्तार हुने उनले बताए । बुधबार बसेको एमाले शीर्षनेताहरुको बैठकले सत्तारूढ दलसँग छलफल गरेर सरकारको विस्तार गर्ने निर्णय गरेको थियो । 

प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष दाहालबीच भेटवार्ता 
यसैबीच, सरकार विस्तारलगायतका विषयमा प्रधानमन्त्री ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । 

सरकार विस्तारलगायतका विषयमा सो अवसरमा छलफल भएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए । सरकार विस्तार गरेर मुलुकसामु विद्यमान समस्या तत्काल समाधान गर्न लाग्नुपर्नेतर्फ एमाओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ