हिन्दु धर्म, संस्कृति र पर्यटन विकासका लागि सत्संग
मुरली गोडिया,
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
371
Shares
गुलरिया,बर्दिया । बर्दियामा हिन्दु धर्म, संस्कृति र पर्यटन विकासका लागि सत्संग तथा उद्धारा विशेष कार्यक्रम हुने भएको छ । शिव लक्ष्मी धाम बर्दियाको आयोजनामा यहि बैशाख १६ गते देखी २० गते पाँच दिनसम्म भक्ति, भजन, संगीत, सत्संग तथा उद्धार विशेष कार्यक्रम गर्न लागिएको मंगलबार पत्रकार सम्मेल गरि जानकारी गराइएको हो ।
सवै प्रकारको रोग, दोष, बिघ्न र बाधा उद्धार गर्ने अभिप्रायले अखिल ब्रह्माण्डका मालिक परम पिता परमात्मा श्री पिण्डेश्वर महादेवका असिम अनुकम्पाले परम उद्धारकर्ता संकट मोचन स्वरुप श्री मदन बाबाको उपस्थितीमा कार्यक्रम गर्न लागिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै शिव लक्ष्मी धाम जिल्ला शाखा बर्दियाकी अध्यक्ष ज्ञानुमाया रिजालले बर्दियाको मधुवन नगरपालिका वडा नं. ३ कोडियाघाट स्थीत ओम कारेश्वर शिव पञ्चायन मन्दिरको परिसरमा कार्यक्रम हुने बताइन्।
उक्त भक्ति, भजन, संगीत, सत्संग तथा उद्धार विशेष कार्यक्रममा नेपाल, भारत र गैरआवासिय नेपालीहरु करिब ३ हजारको भक्तजन तथा अनुयायीहरुको सहभागीतामा कार्यक्रम हुने बताइन् । कार्यक्रममा करिब १५ देखी २० लाख सम्म खर्च हुने आयोजकले अनुमान गरेको छ भने लाग्ने खर्चलाई विभिन्न सहयोगी निकाय एवं व्यक्तिहरुबाट सहयोग संकलन गरिने अध्यक्ष रिजालले जानकारी दिइन्।
शिव लक्ष्मी धामको केन्द्रिय कार्यलय धरानमा रहेको छ भने अहिले सम्म दांग, कैलाली, बाँके, बर्दिया लगायतका स्थानमा हिन्दु धर्म, संस्कृति र पर्यटन विकासका लागि सत्संग तथा उद्धारा विशेष कार्यक्रम गर्ने गरको छ । भने बर्दियामा यस्ता कार्यक्रम यो दोस्रो पटक भएको अध्यक्ष ज्ञानुमाया रिजालले पत्रकार सम्मेलनमा बताइन्।