arrow

एक वर्षमा प्रधानमन्त्रीको काम : २९ जिल्लाको भ्रमण, ३१४ कार्यक्रमलाई सम्बोधन

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
PRO_Ktm2-1.jpg

काठमाडौं। नयाँ वर्ष २०७६ को अबसर पारेर देशबासीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले गरेका जिल्ला भ्रमण, प्रदेशसभा बैठक सम्बोधनदेखि विभिन्न कार्यक्रममा उद्घाटन र आफुले दैनिक कति घण्टा सक्रिय रहने समेत सुनाएका छन्। देशबासीलाई शुभकामना दिने नाममा उनले अर्थमन्त्री युवराज खतिवडालाई उछिनेर बृद्धभत्ता बढ्ने पूर्वसूचना पनि दिए। पत्रकार र विपक्षीलाई प्रश्न कसरी गर्नुपर्छ भनेर सिकाउन समेत भ्याए। उनले प्रश्न गर्न यसरी सिकाए : 

पूर्वप्राथमिक विद्यालयमा विद्यार्थी भर्नादर ८६ प्रतिशत पुगेको जस समेत आफैंले लिए, मानौं उनकै पहल र सक्रियता बिना यो संभव थिएन जस्तो गरी भ्रष्टाचारको विषयमा त उनले दर्शन पनि छाँटे । सुशासनको शत्रु भ्रष्टाचार हो, रे । उनले भने ‘भ्रष्ट र भ्रष्टाचारका सन्दर्भमा मुखमा पानी हालेर नबोल्ने७भ्रष्टाचारीलाई कार्वाही गर्दा त्यसको मुख नहेर्ने’ मेरो दृढ सार्वजनिक घोषणा हो । तर उनी र उनीसँगै आसपासमा उभिएकाहरुको पहिलेको  हैसियत के थियो, के काम गरेर अहिले यो अबस्थामा आर्थिक समृद्धिमा पुगेका छन् भन्ने चाहिँ उनको भावभंगीमा पनि देखिएन । 

पछिल्लो समय बालुवाटारको सरकारी जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलको नाममा समेत पुगेको विषय चर्चामै छ । तर ओलीले शुभकामना सन्देशमा, घरजग्गा कारोवार होस्, संगठित तस्करी देखि जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गा धमाधम फिर्ता गरिएको पनि भने। त्यसबाट सकारात्मक असर परेको छ पनि भने । तर, महासचिव विष्णु पौडेल नै पिडित भएको भन्दै सरकारका प्रवक्ताले यसअघि नै चोख्याउन गरेको प्रपञ्चबारे प्रधानमन्त्रीले शुभकामनामा समेटेनन् । 

सीके राउतप्रति कृतध्न र विप्लव नेकपाप्रति आक्रमक देखिएका ओलीले सबैखाले अतिवाद, अशान्ति र गडबडीबाट मुलुकलाई मुक्त गर्ने वाचा पनि गरे । शुभकामना सन्देशको १३ औं पानामा दीगो विकास लक्ष्य भेट्टाउन आउँदो १०,११ वर्ष आफु अफ्रिकी सिंह र हरिणजस्तो दौडमा सामेल भएको जानकारी(!) पनि दिए । 

मुलुकलाई समृद्ध गराउन गत वर्ष २०७५ मा आफ्नो दौडधुपको फेररिस्त प्रस्तुत गरे । उनले, आफु  बहिान ६ देखि राती १२ बजेसम्म काममा खटेको खटेकै गरेको जानकारी पनि दिए ।  हेर्नुस् उनकै भाषमा शुभकामना सन्दैशका क्रममा उनले आफुले ६ वटा प्रदेशसभालाई सम्बोधन गरेको, सडक, पुल पुलेसा, गोबर ग्यास लाइन, विभिन्न जिल्लाका सभा बैठक लगायत उद्घाटनका लागि एक वर्षमा २९ जिल्ला घुमेको पनि सुनाए । तर ती कार्यक्रममा जाँदा दिनको न्यूनतम २० लाख रुपैयाँ हेलिकोप्टरमा लाग्ने खर्च र उनले दिएका भाषणले ल्याएको उपलब्धीको तुलना चाहिँ गर्न मिलेन । 

भ्रमणकै क्रममा गत वर्ष चैतको अन्तिम साता ५४ सदस्यीय टोली सहितको भारत भ्रमण, २० जना टोली सहित असोजमा १२ दिने राष्ट्रसंघ महासभाको बैठक र कोष्टारिका भ्रमण, मंसिरको यूनिर्भसल पिस फेडेरेशन नाममा तीन दिने सोल्टी होटलको बसाइ र एक लाख डलरको पुरस्कार, अनि मन मिल्ने शीर्ष नेताहरुसँग तीन दिनअघि चन्द्रागिरी रिसोर्टको बसाइको विषयमा भने प्रधानमन्त्रीले शुभकामना सन्देशमा सुनाएनन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ