लुक्ला दूर्घटना अपडेट : पर्यटक प्रहरी रामबहादुर खड्काको मृत्यु, ३ जना गम्भीर घाईते
प्रकाशित २०७६ वैशाख १ आइतबार
368
Shares
काठमाडौं । आईतबार विहान दूर्घटनामा परेको समिट एयर ठक्करबाट एक पर्यटक प्रहरीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रवक्ता प्रदीप सुवेदीका अनुसार लुक्लाबाट काठमाडौं जान लागेको जहाज हेलिकप्टरसँग ठोक्किएको थियो । हेलिकप्टरसँग ठोकिएपछि दूर्घटनाग्रस्त जहाजले ठक्कर दिँदा लुक्लामा बसेका पर्यटक प्रहरी असई रामबहादुर खड्काको प्लेनको ठक्करबाट मृत्यु भएको छ ।
विमानस्थल सुरक्षा गार्ड लुक्लाका असई रुद्रबहादुर श्रेष्ठ पनि ड्यूटीकै क्रममा रन वेमा बसिरहेका बेला ठक्कर दिँदा उनी घाईते भएका छन् । उनलाई सिम्रिक एयरको हेलिकप्टरद्वारा काठमाडौं ल्याईएको छ । विमानमा पाईलट र कोपाईलट रहेका थिए । उनीहरुलाई उद्दार गरिसकिएको छ । हेलिकप्टरका पाईलटलाई पनि उद्दार गर्ने प्रयास भईरहेको सुवेदीले जानकारी दिए । हेलिकप्टरका चालक र विमानका दुबै चालक दलका सदस्यहरु घाईते छन् ।