arrow

राप्रपाको प्रदर्शनमा झडप

logo
प्रकाशित २०७५ चैत २५ सोमबार
rpp4.jpg

काठमाण्डौ । प्रहरीले  राष्ट्रिय  प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा लाठीचार्ज गरेको छ । राप्रपाले हिन्दुराष्ट्र पुनःस्थापनाको अभियान भन्दै सोमबार काठमाडौंसहित देशैभर प्रदर्शन गरेको छ  । प्रदर्शनी मार्गमा आउने क्रममा पद्मोदय मोडमा प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो ।   झडपपछि राप्रपा अध्यक्ष कमल थापासहित केही नेतालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको छ ।

हिन्दू राष्ट्र पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका मागमा दबाब दिन राप्रपाले आज काठमाण्डौलगायत सातै प्रदेशका राजधानी, ७७ वटै जिल्ला सदरमुकाममा एक घण्टा धर्नाको कार्यक्रम तय गरेको थियो ।

झडपमा परि राप्रपाका ३० जनाभन्दा बढी नेता कार्यकर्ता घाइते भएका छन् । घाइतेहरुको काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको राप्रपाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ