arrow

घुस लिएको अभियोग लागेका नासुविरुद्ध मुद्दा दायर

logo
प्रकाशित २०७५ चैत २४ आइतबार
specialcourt-shikharnews.jpg

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा कार्यरत नायब सुब्बा लक्ष्मणबहादुर चन्दविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भन्सारबाट आयात हुने चामललगायत अन्य सामानको प्रज्ञापनपत्र बनाइदिने तथा भन्सार परीक्षणमा  सहजीकरण गरिदिने भन्दै नायब सुब्बा चन्दले सेवाग्राहीसँग रु ५२ हजार घुस लिएको आरोप लागेको छ ।

आयोगको टोलीले केही दिन पहिलेमात्रै घुस लिँदालिँदै पक्राउ गरेको थियो । आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बिगोबमोजिम कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ