सिता मैया राजचल : 'विश्वकै पहिलो उभिएर सितार बजाउने महिला सितारवादक'
प्रकाशित २०७५ चैत २४ आइतबार
804
Shares
काठमाडौं । सितारवादक एवं साँस्कृतिक संस्थानकि कलाकार सिता मैया राजचललाई वल्ड बुक अफ रेकर्ड, लण्डन ले 'विश्वकै पहिलो उभिएर सितार बजाउने महिला सितारवाद' को प्रमाणपत्र दिएको छ ।
वरिष्ठ संस्कृतिविद एवं शताब्दी पुरुष डा. सत्य मोहन जोशि र वल्ड बुक अफ रेकर्डका पदाधिकारीहरुले राजचललाई वल्ड बुक अफ रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । सो क्रममा शताब्दी पुरुष डा. सत्य मोहन जोशी साँस्कृतिकलाई जोगाए मात्र देश चिनिने बताए ।
वल्ड बुक अफ रेकर्डद्धारा सम्मानित भएको अवसरमा सितारवादक सिता मैया राजचललाई बेलायतका सांसद विरेन्द्र शर्मा, डा. दिवाकर शुकुल (अध्यक्ष वल्ड बुक अफ रेकर्ड, लण्डन) सन्तोष शुक्ला (अध्यक्ष वल्ड बुक अफ रेकर्ड) सागर कट्वाल (अध्यक्ष वल्ड बुक अफ रेकर्ड, नेपाल) लगायत नेपाल र लण्डनका विशिष्ट व्यक्तित्वहरुले बधाई ज्ञापन गरेका थिए ।
वल्ड बुक अफ रेकर्ड विश्वव्यपी रुपमा रेकर्डहरु प्रमाणिकरण गर्ने अन्तराष्ट्रिय संस्था हो । यसले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, केनिया, मोरिसियस, सिङ्गापुरबाट आफ्नो गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ । एसिया, अफ्रिका र युरोपभर विश्वव्यापी सञ्जालमार्फत वल्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, मठमन्दिर र सामाजिक, आर्थिक साँस्कृतिक, सांगितिक लगाएत क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्ति र संस्थालाई सूचिकृत र सम्मानित गर्दै आएको छ ।