arrow

प्रदीप पौडेलले देखाए कांग्रेस हिड्ने बाटो   

logo
प्रकाशित २०७५ चैत २४ आइतबार
pradip-poudel-congress.jpg.jpeg

 भरतपुर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली काङ्ग्रेस राजनीतिक मुद्दा छाडेर समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्ने धारणन राखेका छन् । 

चितवनको खैरहनी नगरपालिकाको वडा नं ४ र ५ का वडाध्यक्ष स्व नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको स्मृतिमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा नेता पौडेलले समयअनुसार काङ्ग्रेस परिवर्तन हुनुपर्ने बताएका हुन् । 
     
निर्वाचनका बेला टिकट दिँदा ध्यान पुर्याउन नसक्दा निर्वाचनको गणितमा काङ्ग्रेस पराजित भएको भए पनि विचारमा भने अगाडि रहेको उनले बताए । काङ्ग्रेसले सरकारमा हुँदा राज्यको ढुकुटी रित्तो पारेको भनी अहिलेको सरकारले प्रचार गरेको उनको आरोप छ । 

कम्युनिष्ट सरकारले काङ्ग्रेसलाई विभिन्न आरोप लगाएर गलत देखाउन खोजे पनि सफल नहुने उनको जिकिर छ । पौडेलले सत्तारूढ नेताहरुकै संरक्षणमा देशमा भ्रष्टाचार बढेको बताए ।
     
नेपाली काङ्ग्रेस खैरहनी नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ ले रक्तदान गरेका छन् । रक्तदानसँगै २०७६ को भित्तेपात्रो लोकार्पणसमेत गरिएको थियो । 

कार्यक्रममा जिल्ला सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापति टेकप्रसाद गुरुङ, खैरहनी नगर समितिका सभापति शशिकुमार खनियाँलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ