हावाहुरी पिडितलाई बानियाँद्वारा राहत, सरकारले नसके कांग्रेसले घर बनाइदिने
मुकेश यादव,
प्रकाशित २०७५ चैत २२ शुक्रबार
477
Shares
बारा । आईतबार सांझ आएको हावाहुरीले वितण्डा मच्चाएको प्रभावित स्थलमा पुगी प्रदेश नं. ३ का नेपाली कांग्रेसका संसदीय दलका नेता मकवानपुरका पार्टी सभापति ईन्द्र बानियाँले राहत वितरण गरेका छन ।
बानियाँले दुई सय घरपरिवारलाई राहत सामाग्री सहित बाराको हावाहुरीबाट प्रभावित स्थलमा पुगी वितरण गरेका हुन । पिडितहरूको लागि १० किलो चामल, दुई किलो दाल, एक किलो नुन, बाल्टिन, जग, थाल, कटोरा, चम्चा, नुहाउने साबुन, एक किलो सरफ, त्रिपाल, म्याट लगायतका सामाग्री सहित नेता बानियाँ प्रभावित स्थल पचरौता नगरपालिका, सुवर्ण गांउपालिका, महागढीमाई नगरपालिकामा स्थलगत पिडितको अवस्था बुझन राहत सामाग्री सहित पुगेका हुन ।
हावाहुरीको भुमरीबाट पिडित परिवारलाई सात लाखको राहत सामाग्री सहित संसदीय दल र नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयको संयुक्त आयोजनामा वितरण गर्न लागिएको नेता बानियाँले बताए । प्रदेश नं. २ को जिल्ला विपतिमा परेको बेला, अप्ठ्यारोमा परेको बेला केही गरौ भनेर राहत वितरण गर्न लागिएको नेता बानियाँले नेपाल सरकारले पिडितहरूको लागि घर बनाउने गरेको वचन पूरा गरेन भने हावाहुरीबाट पिडामा परेका पिडित परिवारहरूको लागि नेपाली कांग्रेसले घर बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
जिल्ला दैवीप्रकोप उद्धार प्रकोप समितिसँग समन्वय गरिएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मनिभुषण यादवले बताए । शुक्रबार पचरौता नगरपालिकाका पिडितहरूलाई राहत वितरण गरिएको र शनिबार सुवर्ण गांउपालिका, महागढीमाई नगरपालिकामा वितरण गरिने यादवले बताए ।