arrow

शिशु जन्माएर गाडेपछि २२ वर्षीया अविवाहित युवतीले गरिन् आत्महत्या

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ चैत २० बुधबार
suicide.jpeg

स्याङ्जा ।  भीरकोट नगरपालिका ७ की एक महिलाले अवैध शिशु जन्माएर घर नजिकैको बारीमा फालेपछि आफूले पनि आत्महत्या गरेकिछन् । स्थानीय गम्वर बहादुर अधिकारीको बारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको सुचना पाएपछि घट्ना स्थलमा पुगेको प्रहरीले छिमेकी वेगबहादुर अधिकारीको मलखातमा सालनाल भेटाएको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीका अनुसार वेग वहादुर अधिकारीकी २२ वर्षीया छोरी स्नेहाले अवैध सम्वन्धवाट वच्चा जन्माएर गाडेको र आफुले पनि आत्महत्या गरेककी हुन् ।

आफ्नै गोठमा स्नेहाले चुन्नीको पासो लगाई छट्पटाई रहेको अवस्थामा स्थानियले देखेपछि हसियाले चुन्नी काटेर उनलाई उपचारका लागि वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा ल्याउदै गर्दा उनको मृत्यु भएको हो । शिुशु र स्नेहाको शवलाई पोष्मार्टम पछि परिवारलाई बुझाएको प्रहरीले जनाएको छ ।

स्नेहाले अवैध रुपमा शिशु जन्माए पश्चात आफूले पनि मृत्यूवरण गर्न पुगेको प्रहरीले जनाएको छ  । शिशुको थप पहिचानको लागि डिएनए परिक्षणका लागि नुमना संकलन गरीएको प्रवक्ता भण्डारीले जानकारी दिए । यसवारे थप अनुसन्धान भईरहेको जानकारी भण्डारीले दिए । यता वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले पनि स्नेहाले वच्चा जन्माएको पोष्टमार्टमा देखिएको जनाएको छ ।

 स्वास्थ्य केन्द्रका डाक्टर सुवास पौडेलका अनुशार पोष्टमार्टमा स्नेहाले वच्चा जन्माएको देखिन्छ तर उनको वच्चा हो वा होईन भन्ने विषयमा डिएनएको परिक्षण पश्चात मात्रै पत्ता लाग्ने छ  । शिशु जिवित वा मृत जन्माएको भन्ने विषय भने खुलीसकेको छैन । दुवै शवलाई वेगबहादुर अधिकारीको जिम्मा लगाएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भईरहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ