दुई अधिवक्ता सहित ५ जनालाई सर्वाेच्चको न्यायाधीश सिफारिस (नामावली)
प्रकाशित २०७५ चैत १९ मंगलबार
1.1k
Shares
काठमाडौं । न्याय परिषद्को बैठक बसेको छ । मंगलबार काठमाडौंमा बसेको न्याय परिषद् बैठकले विभिन्न उच्च अदालतमा कार्यरत ५ जना न्यायाधीसहरुलाई सर्वाेच्च अदालतको न्यायधीसमा सिफारिस गरेको छ ।
यसरी सिफारिस भएकाहरु दुई जना उच्च अदालतका न्यायाधीसहरु, एक जना वरिष्ठ अधिवक्ता र दुई अधिवक्तालाई न्यायाधीसको लागि सिफारिस गरिएको न्याय परिषद्ले जनाएको छ । परिषद्ले उच्च अदालतका लागि १७ न्यायाधीशको सिफारिस गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीसमा सिफारिसमा परेका गैर न्यायाधीसहरुमा वरिष्ठ अधिवक्ता कुमार रेग्मी, अधिवक्ता हरिप्रसाद फुँयाल र अधिवक्ता मनोजकुमार शर्मा रहेका छन् । न्याय परिषद्ले उच्च अदालतका लागि सिफारिस गरेका १७ न्यायाधीशहरुको सूची तल प्रस्तुत गरिएको छ ।