arrow

प्रेम सम्बन्धमा रहेकी साइनाले भिनाजूलाई लगाएर गराइन् फिरोजको हत्या

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ चैत १९ मंगलबार
Bullet_Fire.jpeg

बुटवल ।  गत बुधबार साँझ बुटवलको मैनाबगरमा फिरोज खान हत्यामा फिरोजकै श्रीमती साइना खातुनको योजनामा भएको ठहर प्रहरीले गरेको छ । आफ्ना भिनाजुसँग केही बर्षदेखि प्रेम सम्बन्धमा रहेकी साइनाले भिनाजूलाई नै लगाएर फिरोजको हत्या गरेको प्रहरीले जानकारी गराएको छ ।

फिरोजलाई गोली हानी हत्या गर्ने भारतीय नागरिक कादिर अन्सारी फरार छन भने योजनाकार मानिएकी श्रीमती साइनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवलको मैनाबगरस्थित ज्योती इन्जिनियरिङ वर्कसपमा मिस्त्रिको रुपमा कार्यरत खानको बुधवार राति गोली हानी हत्या गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले फिरोज खानको हत्या घटनालाई सुक्ष्म अनुसन्धान गर्दा श्रीमतीको योजनामा उनका भिनाजू कादिर अन्सारीले हत्या गरेको पत्ता लागेको बताए ।

कादीर अन्य अपराधिक गतिविधिमा समेत संलग्न भएको र विगतका विभिन्न अपराधमा मुद्दा चलेका व्यक्ति रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए । फिरोज हत्यासँगै विभिन्न घटनाका सम्बन्धमा मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ