arrow

राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता

logo
प्रकाशित २०७५ चैत १९ मंगलबार
group_photo_(1).jpg

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुवै पार्टीबीच एकता भएको घोषणा गरिएको हो । एकतासँगै पार्टीको नाम राष्ट्रिय जनमुक्ति पार्टी नै रहनेछ । पार्टीको अध्यक्ष केपी पालुङवा रहनेछन् । अध्यक्ष पालुङवाले आफूहरु मुलुकको तेस्रो धार भएको भन्दै आगामी दिनमा विचार मिल्ने दलहरुसँग एकता गर्ने जनाए । उनले भने,‘विचार मिल्नेहरुसँग एकता गर्दै मुलुकको पहिलो शक्ति बन्ने हाम्रो योजना छ ।’

मुलुकमा व्यवस्था परिवर्तन भएपनि अवस्था उस्तै रहेको र अहिलेपनि विभेद र असमानता व्याप्त रहेकोले जनताका गुनासाहरुलाई लोकतान्त्रिक विधिबाट हल गर्ने राजनीतिक शक्ति र नेतृत्वको आवश्यकत्ता खट्किएकोले दुई पार्टीबीच एकता भएको अध्यक्ष पालुङवाले स्पष्ट पारे । जारी विज्ञप्तीमा भनिएको छ,‘मुलुकको वैकल्पिक शक्ति निर्माणको महान उद्देश्यसहित बहुजातीय लोकतन्त्र, समाजवाद र राष्ट्रियताको सिद्धान्तलाई मियो बनाएर नैतिक इमान्दारिता सहितको राजनीतिक संस्कृति कायम गर्दै समृद्ध नेपाल निर्माण गर्न राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकीकरण भएको घोषणाको जानकारी दिन चाहन्छौ ।’

कार्यक्रममा पार्टीका नेता मेखराज परियार (खाती) ले पार्टीले पूर्ण समानुपातिक प्रतिनिधित्व, लोकतन्त्र, समानता र समाजवादको लक्ष्य लिएको सुनाए । त्यस्तै, बहुजातीय लोकतान्त्रिक समाजवादलाई मूल लक्ष्य बनाईने उनको भनाई छ ।

कार्यक्रममा पार्टीका बरिष्ठ नेता डिके बुद्धिष्ट, अर्का नेता यामबहादुर बुढाथोकी र केन्द्रिय सदस्य निर्मल मग्रातीलगायतले पार्टीको भावी योजना र समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।

ठूला सत्ताधारी  दलहरूले बहुलतालाई नकारी एकल नश्लीय सोचमा देशलाई अशान्तितर्फ धकेल्ने चेष्टा गरिरहेको पनि उक्त पार्टीले आरोप लगाएको छ । सत्तासीन दलहरूमा मुलुक निर्माण गर्ने दक्षता र आचरण दुवै नभएको पनि उसले आरोप लगाएको छ ।' सरकारले एक वर्षमा उपलब्धी मुलक काम गर्न नसकेको उनले बताए ।

पार्टीमा मौलाउँदै गएको गुटगत राजनीतिमा केन्द्रीत पत्रकार प्रश्नमा कोइरालाले पार्टी १४ औं महाधिवेशन पछि गुटगत राजतीतिको अन्त्य हुने बताए । गुटगत राजनीतिले पार्टीलाई ठूलो क्षति हुने उनको भनाई थियो । कार्यकर्ताको सहयोग प्राप्त भए नेतृत्व लिन तयार रहेको उनले खुलासा गरे ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रभाबशाली केन्द्रीय तथा अनुशासन समितिका सदस्य धनराज गुरुङ्ले कांग्रेसका विधी विधान उल्लंघन गर्ने जो कोहिलाई पनि कारबाहीको दायरामा ल्याउन सकिने बताए । उनले नेता तथा कार्यकर्ता विधी विधान उल्लंघन नगर्न आग्रह गरे ।

'अनुशासन समिति बनेको छ, नियम र पद्धति नमान्नेलाई कारबाही हुन्छ ।' नेता गुरुङ्ले समितिमा यहि चैत्र मसान्तसम्म उजुरी दिने समय रहेको र समयसिमा भित्र आएका उजुरीलाई छानविन गरेर जो सुकै दोषी भए कारबाही दायरामा ल्याईन्छ ।' पार्टी सभापति बिरुद्ध परेको उजुरीका बारेमा पत्रकार प्रश्नमा कुरा गर्दै गुरुङ्ले सभापति देउवा बिरुद्ध उजुरी परे नपरेको अनबिज्ञता दर्शाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ