arrow

'विप्लवलाई प्रतिबन्ध र सीकेलाई प्राथमिकता सरकारको कमजोरी'

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ चैत १९ मंगलबार
sasank.jpg

 वालिङ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सरकारले अनावश्यक रुपमा बिखण्डनवादी सीके राउतलाई प्राथमिकता दिएर कमजोरी गरेको बताएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध र छुट्टै राज्य माग गर्ने सीकेलाई प्राथमिकता दिनु सरकारको कमजोरी भएको उनले बताए ।

'सरकारले त राज्यलाई कुन तत्वले बढि क्षति पुर्‍याउँछ भन्ने तर्फ केन्द्रीत हुनुपर्ने हो, तर सरकारले त्यस तर्फ ध्यान दिन सकेन ।' नेपाल प्रेस यूनियन स्याङ्जाले वालिङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले भने, 'राउतसँग गरेका सहमतिमा सरकार र राउतले आ–आफ्नै ढङ्गले व्याख्या गर्नु सरकारको कमजोरी हो ।'

'बिखण्डनवादीलाई प्राथमकिता दिदा नागरिकमा नकारात्मक सन्देश भएको छ ।' नेता कोइरालाले भने, 'राउतसँगको सहमतिमा सत्ता पक्षकै नेताहरुको फरक फरक धारण आउनु सरकारको लाचारीपन हो ।' विप्लव समूहलाई प्रतिबन्ध लगाउनुको सट्टा वार्ता गर्नुपर्ने हो, तर सरकार उल्टो बाटोमा हिडेको उनको जिकिर थियो ।  

महामन्त्री शशांक कोइरालाले आफुले धार्मिक स्वतन्त्रता चाहिने अभिव्यक्ति दिएको तर हिन्दुराष्ट्र घोषणा गर्नुपर्छ भन्ने भनाई नबोलेको स्पष्ट पारे । नेपाललाई हिन्दुराष्ट्र घोषणाको माग गर्नु नागरिकको मुद्दा भएको उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा सरकार प्रति बढि आक्रामक देखिएका कोइरालाले वाईडबडी खरिद, निर्मला पन्तको हत्या, सुन तस्करी, भ्रष्ट्राचार र महंगी संस्थागत हुँदा समेत सरकार निदाए जस्तो गरेको उनको आरोप थियो । प्रधानमन्त्रीले शक्ति केन्द्रिकृत गर्दै जानु अधिनायकवाद तर्फ उन्मुख बनेको उनले टिप्पणी गरे ।

'सरकार नागरिकका दैनिक समस्या समाधान गर्ने तर्फ आफूलाई उभियाउन सकेको छैन् ।' महामन्त्री कोइरालाले भने, 'विकासका नाममा ठूला कुरा गर्ने, तर नागरिकका दैनिक समस्यालाई आँखा चिम्लने, यो कस्तो सरकार हो ? ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ