-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बारा र पर्साका चक्रवातका कारण घाइते भएकाहरुलाई भेटेका छन् ।

हावाहुरीका कारण घाईते भएकाहरुलाई मंगलबार बिहानै वीरगंजको नारायणी अंचल अस्पतालमा पुगेर भेट गरेका हुन् ।
देउवाले घाइतेहरुको उपचारमा अझै चुस्तता आवस्यक रहेको भन्दै सरकारले केही चिकित्सक र स्वास्थ्यकर्मीहरु केन्द्रबाट पठाउनु पर्ने देखिएको बताए ।

त्यसको प्रवन्ध गर्न आफूले सरकारसँग आग्रह गर्नेसमेत उनले बताएका छन् ।

आइतबार राति आएका चक्रवातमा परी २९ जनाको मृत्यु भएको छ भने करीव ७ सय घाइते भएका छन् ।
गम्भीर ११ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।