नेपाल र भारतको मौसम विभागको फरक अनुमान, प्रि मनसुनको असर अब कता ?
प्रकाशित २०७५ चैत १८ सोमबार
379
Shares
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तराईमा आज नै हावाहुरीको थ्रेट बढी नरहेको बताएको छ । आईतबार भएको विध्वंशकारी हावाहुरी एकैछिन आउने तुफान जस्तो अनौठो प्रकृतिको रहेको भन्दै हामीसँग भएको उपकरणका अनुसार तराई क्षेत्रमा अब कुनै हावाहुरीको थ्रेट नरहेको दाबी गरेको हो ।
जल तथा मौसम विज्ञान विभाग, नागपोखरीका महानिर्देशक सरजुकुमार वैद्यले हिजोको त्यो हुरी बतास एकै छिनमा सुरु भएर केही बेरमा नै विनास भएको भन्दै त्यस्तो हावाहुरी परीक्षण गर्ने प्रविधि आफूहरुसँग नरहेको बताएका छन् । उनले हिजोको हावाहुरी अनुमानित ७० देखि ९० किलोमिटर प्रति घण्टाको दरमा आएको हुनसक्ने बताएका छन् ।
बैद्यले दक्षिणी भेगबाट आएको हुरी बतासले विनास गरेको भन्ने कुरामा आफुहरुको उपकरणले भने त्यस्तो नदेखाएको बताएका छन् । उनले पोखरामा देखिएको त्यो हुरीको मुस्लो चितवन हुँदै बारा र पर्सामा पुगेको उनले बताएका छन् । यसले गर्दा तराईमा अर्काे विनासकारी हुरीको सम्भावना नभएको भएपनि पहाडी भेगहरुमा हावाहुरीको सम्भावना रहेको बताएका छन् ।
तर, भारतको मौसम विभागले दक्षिणी भेगबाट नेपाल तर्फ समेत हावा चल्न सक्ने चेतावनी दिएको छ । मौसम विभागको सोमबार दिउँसोको रिपोर्ट अनुसार पश्चिम बंगाल र बिहारका विभिन्न स्थानहरुमा तुफानी र आँधी आउने चेतावनी दिएको छ । यो भारतको मौसमबारे गरिएको प्रक्षेपण भएपनि आईतबारको विनास समेत सोही क्षेत्रबाट आएको हावाले गरेकोले पनि यसमा भारतको
आईतबारको सोही विभागको रिपोर्टले पनि यस्तै चेतावनी दिएको थियो । भारतको सो विभागले सोमबार ती क्षेत्रमा हुरी ५० देखि ६० किलोमिटरको गतिमा आउने अनुमान गरेको छ । सो रिपोर्टका अनुसार बंगाल, सिक्किम, बिहार र आसाम, मेघालय र नागाल्याण्डमा आँधीको छिटपुट सम्भावना रहेको बताएको छ ।
हिजोको सो आँधी एक्कासी आएको अनौठो प्रकारको आँधी रहेको मौसमविद्हरुले जनाएका छन् । अहिले नेपालमा यस्ता प्रविधि नभएका कारण पूर्व अनुमान गर्न नसक्दा नेपालीहरुले भने अनाहकमा ज्यान गुमाउनु परिरहेको छ ।
भारतको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले आइतबार नेपालसँग सीमा जोडिएका कतिपय राज्यहरुमा ३० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्ने जनाएको थियो। तर, नेपालको जल तथा मौसम विज्ञान विभागले हावाहुरीका बारेमा सचेत गराएको थिएन। बरु मेघगर्जनसहित पानी पर्ने सूचित गराएको थियो।