arrow

एकतिरबाट हावाहुरी आएको थियो बारामा, अझै थुप्रै च्यापिएको आशंका

logo
प्रकाशित २०७५ चैत १८ सोमबार
hospital3.jpg

बारा । बारामा आइतबार राति आएको हावाहुरी एकतिरबाट आएको बताइएको छ । एक दिशाबाट मात्र आएको हावाहुरीले पक्की घरसमेत भत्काएको हो ।  

हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । त्यसैगरी भलुही, पुरैनिया परसौन, बिजवनिया लगायतका स्थानमा धेरै मानवीय क्षति भएको बताइएको छ । हावाहुरीका कारण २७ जनाको मृत्यु, चार सय बढी घाइतेमध्ये धेरैजसो गम्भीर

हावाहुरीले ढालेको रुखले घरहरु च्यापिएको, इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो ।

झण्डै आधा घण्टासम्म चलेको आँधीमा दर्जनौ कच्ची घर भत्किएका छन् । सयौं घरका टिनका छानाहरु आँधीले उडाएको छ । घटनालगत्तै प्रभावित क्षेत्रहरुमा उद्धारका लागि  प्रहरी, सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित भएका छन् । पर्साको दैवी प्रकोप व्यवस्थापन, प्रहरी, सेना र स्थानीयले सघाइरहेका छन् । 

घाइतेहरुको वारा र पर्साका विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । स्थानीय अस्पतालहरूले घाइतेको संख्या बढेपछि भुइँमै राखेर उपचार गरिरहेका छन् ।

अन्य समयमा समेत अस्पतालमा बिरामीको उपचार गर्न समस्था भइरहने अवस्था भएकामा यो विपदको बेलामा भने झनै समस्या भइरहेको छ । 

थुप्रै च्यापिएको आशंका
त्यहाँबाट जनाइ अनुसार थुपै घर ढलेका छन् । उद्दारको काम भइरहँदा थुप्रै अझै च्यापिएको हुन सक्ने बुझिन्छ । ढलेका घरहरुमा खोज्ने काम भइरहेको छ । 

केहीको सोमबार बिहान जिवितै उद्दार गरिएको छ । रातमा भएको घटना भएकाले रातमै जताततै पुगेर उद्दार गर्न सक्ने सम्भावना नहुँदा समेत सबैको उद्दार गर्न सम्भव भएका थिएन ।

थुप्रै चौपाया पुरिएका छन् । 

प्रदेश सरकारको मन्त्रीपरिषदको बैठक पनि बसिरहेको छ । 

अहिले मौसममा सुधार आएको छ । सोमबार बिहानै वर्षा हुने जस्तो मौसम रहे पनि अहिले घाम लागिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ