arrow

बारा हावाहुरीमा घाईतेहरुको उपचारका लागि रक्तदानको आव्हान

logo
प्रकाशित २०७५ चैत १८ सोमबार
bara-storm-birgunj.jpg

बारा। बारा जिल्लामा गएको ठूलो हावाहुरीमा परि मृत्यु हुनेको संख्या तीस पुगेको स्थानीय प्रकाश थारुले जानकारी दिएका छन् । उनका अनुसार करिब ५०० जना जति घाईते भएको प्रारम्भिक अनुमान रहेको छ।

सबैभन्दा प्रभावित ठाउँहरुमा भलुही, भरबलीया, फेटा वडा नं , चैनपुर आदी रहेका छन्।

नारायणी अस्पतालमा १०० जना, नेशनल मेडिकल कलेज वीरगञ्जमा १०० जना, वीरगञ्ज हेल्थ केयरमा १०० जना, गण्डक अस्पतालमा २७ जना र एडभान्स हस्पिटलमा २० जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

बिरगंज र कलैयाका अस्पतालहरु र स्वास्थ्य केन्द्हरुमा घाईतेको उपचार भैरहेको बताईएको छ। सरकारले उद्ददारका लागि सेना- प्रहरीलाई खटाईसकेको जनाएको छ । थप सहयोगका लागि नाईटभिजन हेलिकप्र सहित उदद्रकर्मी काठमाडौंमा तयार रहो र मऔसम अनुकुल हुने बित्तिकै त्यहाँ पुग्ने बताईएको छ।

घाईतेको संख्या धेरै रहेको र उपचारमा रगतको अभाव हुन सक्नै भन्दै सामाजिक संजाल मार्फत रक्तदानका लागि आव्हानहरु शुरु भएको छ। बिरगंज नजिक रहेकाहरुले रक्तदान गरौं भन्ने आव्हान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ