arrow

पूर्वराजा ईलाममा, पूर्वरानीलाई छाडेर एक्लै यात्रामा

logo
प्रकाशित २०७५ चैत १७ आइतबार
ganendra_ex-king.jpeg

इलाम । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार इलाम आउँदै छन् । लामो समयदेखि तराई यात्रामा रहेका पूर्वराजा आइतबार बिहान ११ बजेतिर दमकबाट इलाम पुग्ने उनका निकटस्थले बताएका छन् । 

उनी चैत २१ गतेसम्म इलाममै बस्नेछन् । १९ गते मंगलबार पूर्वराजाले पाँचथरको फिदिममा रहेको गढिमाईमा दर्शन गर्नेछन् । 

उनी २१ गते बिहान माइ मन्दिर जानेछन् र सोही दिन नै दमक फर्कने कार्यक्रम तय भएको छ । 

यसपटक पूर्वराजा पूर्वरानी कोमल शाहलाई छाडेर एक्लै इलाम यात्रामा लाग्नेछन् । 

पूर्वराजा तराईमा रहँदा नेपालका लागि भारतीय राजदूत मञ्जिबसिंह पूरीलाई भेटेपछि सनसनी मच्चिएको छ । 

पूर्वराजा जहाँ जाने गरेका छन् त्यहाँका स्थानीय राजावादीहरुले ‘राजा आउ देश बचाउ’ को नारा लगाउने गरेका छन् । 

पूर्वराजा यो महिनाको अन्त्यसम्ममा काठमाडौं फर्कने कार्यक्रम छ । उनी भारत पनि जाने चर्चा चले पनि अहिले सेलाउँदै गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ