-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबल क्लब हडर्सफल्ड टाउन जारी सिजनमा रेलिगेशनमा पर्ने पहिलो टिम बनेको छ ।

शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेससंग उसकै मैदानमा २–० गोल अन्तरले पराजित हुँदै हडर्सफिल्ड ६ खेल खेल्न बाँकी छँदै रेलिगेशनमा परेको छ ।

हडर्सलाई खराब कीर्तिमानमा धकेल्ने क्रममा क्रिस्टलका लुका मिलिभोजेभिकले ७६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

त्यसैगरी ८८ औं मिनेटमा प्याट्रिक भान आनहोल्टले गोल गरे ।
हडर्सफिल्डको नराम्रो कीर्तिमान बनेको छ । त्यो हो ३२ खेलमै त्यो पनि कम अंकसहित रेलिगेशन पर्ने कीर्तिमान । हडर्सको १४ अंक मात्र छ ।

सबैभन्दा चाँडो रेलिगेशनमा पर्ने क्लबको नाम अब हडर्सको पनि आउने भएको छ । यो कीर्तिमान पहिले डर्बीको नाममा थियो ।
डर्बीले सन् २००७–८ को सिजनमा पनि ३२ खेलबाटै रेलिगेशनमा पर्ने खराव कीर्तिमान बनाएको थियो ।
लिगबाट तीन टिम रेलिगेशनमा पर्ने भएकाले दोस्रो र तेस्रो टिमको लाइनमा फुल्हम र कार्डिफ सिटी रहेका छन् । फुल्हमको १७ र कार्डिफको २८ अंक छ ।