चितवनबाट पाल्पा घुम्न आएका पालुराम तिनाउ खोलामा डुवेर बेपत्ता
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ चैत १५ शुक्रबार
310
Shares
पाल्पा । चितवनबाट पाल्पा घुम्न आएका एक युवक खोलामा डुवेर बेपत्ता भएका छन् । जिल्लाको तिनाउ गाउँपालिका ३ हेडबक्स नजिकै रहेको तिनाउ खोलामा पौडी खेल्न पुगेका चितवन खैरेनी नगरपालिका २ का ४० वर्षका पालुराम दाहाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिल्ला भ्रमणमा आएका दाहाल पौडी खेल्न खोलामा पसेका थिए । खोलामा पसेका उनी लामो समय हुँदा समेत बाहिर नआए पछि स्थानीयले प्रहरी चौकी दोभानमा खबर गरेका हुन् ।
खबर लगत्तै जिल्ला प्रहरी कार्यालयका प्र.ना.नि. एक्काबहादुर नेपालीको नतृत्वमा दोभान प्रहरी घटनास्थलमा पुगेको छ । बेपत्ता दाहालको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।