arrow

कुट्टो र कोदालो बोकेर ह्वीलचियरमा सवार अपांगता भएका व्याक्तिले भत्काए सडक

हामी कहाँबाट हिड्ने सरकार ?

logo
प्रकाशित २०७५ चैत १४ बिहिबार
बउबलनब.jpg

काठमाडौं । अपांगता सम्बन्धी सरोकार राख्ने विभिन्न संस्थाका प्रतिनिधिहरुले सडक निर्माणको क्रममा अपांगमैत्री सडक नबनाएको भन्दै जोरपाटी सडकपेटी भत्काएका छन् ।

यस भन्दा अघि उनिहरुले चावहिल जोरपाटी सडक निर्माण गर्दा अपाङ्गमैत्री संरचना नबनाएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलाई निर्माणस्थलमा मै बोलाएर बिरोध जनाएका थिए ।

विरोध जनाएपछि मन्त्री महासेठले सडक विभागका महानिर्देशक तथा निर्देशकहरुलाई सडक निर्माण गर्दा अपांगता भएकाहरुको लागि ह्वीलचेयर हिँड्न सक्ने बाटो र दृष्टिबिहीनहरु समेत सहजै हिँड्न सक्ने बाटो निर्माण गर्न निर्देशन दिएका थिए । ।

तर पुन: ह्वीलचियर गुड्न नसक्ने गरि सडक निर्माण हुन थालेपछि हातमा कुट्टो र कोदालो बोकेर ह्वीलचियरमा गुड्दै अपांगता भएका व्यक्तिहरुले सडक भत्काएका हुन् ।  उनिहरुले हामी कहाँबाट हिड्ने सरकार ? भन्दै नाराबाजी समेत गरे ।  

सो अभियानमा संघर्ष समितिका सदस्य ऋषि ढकाल र स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठ लगायतको नेतृत्वमा सयौ अपांगता भएका व्यक्तिहरु सहभागि भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ