सरकार संस्थागत भ्रष्टाचारमा तल्लीन, जनताले खबरदारी गर्नुपर्छ : संग्रौला
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ चैत १३ बुधबार
861
Shares
कपिलवस्तु । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संघीय सांसद डा.डिला संग्रौलाले बर्तमान केपी ओली नेतृत्वको सरकारले संस्थागत रुपमै नै भ्रष्टाचार गरी राज्यकोषको दुरुपयोग गरेको आरोप लगाएकी छन् । नेपाल प्रेस युनियक कपिलवस्तुले तौलिहवामा राखेको पत्रकार सम्मेलनमा वोल्दै संग्रौलाले सरकार जनतालाई समृद्धिको नारा दिएर कानुनको खिलाप गर्दै भ्रष्टाचारमा लिप्त भएको बताइन् ।
वाइड बोडी जहाज खरिद, ३३ किलो सुन काण्ड, वुढिगण्डकीको ठेक्का टेण्डर विना दिनु तथा प्रधानमन्त्रीले एकलैटी रुपमा अनुदान तथा कार्यक्रम मार्फत खर्च गर्दै जानुले पनी सरकारको काम संस्थागत रुपमा भ्रष्ट्चार गरेको उनले बताइन ।
सरकारको काम शुसासन, शान्ति सूरक्षा जस्ता काम भएपनि हजारौ निर्मला पन्त जस्ता नारी बलत्कृत हुंदा सिंहदरवाट नै हत्यारालाई संरक्षण दिने काम भैरहेको उनले बताइन् । त्यस्तै बहुमतको दम्म नेपाली सेना सम्वन्धी ऐन जस्ता अन्य ऐनलाई समेत सरकारले एकलैटी रुपमा सदनमा दर्ता गराई मनोमानी गर्न लागेको उनले बताइन् । सवैधानीक अगंहरुको क्षेत्रहरुमा समेत हस्तक्षेत भएको उनले बताइन् ।
विप्लप माओवादीसंग वार्ता गरी समस्याको समाधान नगरी देशमा अराजगता फैलाउने तथा सिके राउतसँग गरेको दोस्रो बुंदाको सम्झौताले नेपालको राष्ट्यिता प्रति नै प्रश्न चिन्ह खडा गरेको समेत उनको तर्क थियो ।
वर्तमान सरकारले गरेका काम अधिनायकवाद तथा जनता विरोधी भएको हुंदा नेपाली कांग्रेसले सदन र सडक, वाट आन्दोलन गर्ने तयारी भएको समेत संग्रौलाले बताइन ।
सो अवसरमा नेपाल महिला संघकी कोषाध्यक्ष जानकी सिंह प्रदेश सभा सदस्य रिना नेपाल , महिला संघ केन्द्रीय सदस्य गिरिजा न्यौपाने, इन्द्रिरा भट्टई, जिल्ला अध्यक्ष मिना केसी, जिल्ला समन्यव उप संयोजक तारावती चौधरी,कपिलवस्तु नगरपालिकाकी उप प्रमुख लक्ष्मी गुप्ता, बुद्धभूमी नगरपालिकाकी उप प्रमुख मिरा थारु लगायतको उपस्थिती रहेको थियो ।
किरणमान बज्रचार्यको अध्यक्षता र खग प्रसाद चापागाईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।