-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । युरोकप फुटबल २०२० को छनोटमा मंगलबार राति स्पेनले माल्टालाई हराएको छ । समूह एफ को खेलमा स्पेनले माल्टालाई २–० गोल अन्तरले हराएाके हो ।

स्पेनलाई जिताउन अल्भारो मोराटाले दुवै गोल गरेका थिए ।
मोराटाले पहिलो गोल ३१ औं मिनेटमा र दोस्रो गोल ७३ औं मिनेटमा गरेका थिए ।

स्पेनले खेल अवधिभर जम्मा ७ वटा प्रहारमात्र गोल पोष्टमा गरेको थियो ।

२०१७ को नोभेम्बरपछि मोराटाले स्पेनका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् । उनले १६ महिनापछि पहिलो गोल गरेका हुन् ।

खेलमा सर्जियो रामोस घाइते भएका थिए ।

युरोकप छनोटको समुह एफ को स्पेनले यसअघि पहिलो खेलमा नर्वेलाई २–१ गोल अन्तरले हराएको थियो ।