arrow

ट्रिपरको ठक्कर र भीरबाट लडेर २ महिलाको मृत्यु

logo
सीता डोटेल,
प्रकाशित २०७५ चैत ११ सोमबार
dead2.jpg

पाल्पा । पाल्पाको निस्दी गाउपालिकाका छुट्टाछुट्टै २ स्थानमा भएको घटनामा २ महिलाको ज्यान गएको छ । सोमबार दिउँसो ट्रिपरको ठक्करबाट निस्दी गाउँपालिका ७ ज्यामिरेमा एक महिलाको ज्यान गएको हो भने निस्दी ६ मा भीरबाट लडेर अर्की एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ज्यामिरेमा भएको घटनामा चुनढुङ्गा लिनका लागि सिमेन्ट उद्योगबाट खानी तर्फ गैरहेको लु २ ख २६१४ नम्बरको ट्रिपरले ठक्कर दिदा निस्दी ७ ज्यामिरेकी ६९ वर्षिय यानीसरा ढेंगाको ज्यान गएको हो । दिउँसो १ बजे पँधेराबाट पानी लिएर घर तर्फ फर्कदै गरेकी ढेंगालाई बाटो काट्ने क्रममा ट्रिपरले ठक्कर दिएको थियो ।

ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भुपाल सिंह रानाले जानकारी दिए। ठक्कर दिने ट्रिपर चालक कृष्णप्रसाद शर्मा प्रहरी नियन्त्रणमा रहेका छन् । यस अघि गत फागुन ४ गतेपनि ज्यामिरेमा ट्रिपरको ठक्करबाट स्कुल जादै गरेकी ५ बर्षे एक बालिकाको ज्यान गएको थियो ।
 
त्यस्तै सोमबार दिउँसो नै निस्दी गाउँपालिका–६, अर्चलेमा भीरबाट लडेर अन्दाजी ६५ वर्षकी बृद्धाको ज्यान गएको छ । छिमेकीको घरमा जाने क्रममा बाटोदेखि लडेर अर्चले ढोबलाटोल ठुमासडाँडाकी ६५ वर्षकी बिसना खन्गाहा मगरको ज्यान गएको प्रहरीले जनाएको छ । खन्गाहामगर छिमेकीको घर तर्फ गएको छिमेकीले बताएका छन् । गोरेटो बाटो देखि झण्डै २ सय मीटर तल खसेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ