कपिलवस्तु । जिल्लाको शिवराज नगरपालिका ६ पैकीवण्डामा शुक्रबार भिषण आगलागी भएको छ । आगो बुधई कुर्मीको घरबाट सल्कीएको थियो । आगलागीबाट ११ घर र ५ गोठ जलेर नष्ट भएका छन् भने करिब ५५ लाख बराबरको क्षेती भएको अनुमान प्रहरीले गरेको छ ।
यस्तै आगलागीबाट अन्दाजी ४५ वर्षिय समिउल्ला मिया घाईते भएका छन भने उनको अहिले स्थानिय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट १ गाई पनि मरेको छ भने २ गोरु घाइते भएको बताइएको छ । शुक्रबार दिउसो अत्याधिक हावाहुरी चलेको थियो । आगलागीबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यस अघि पनि शिवराज नगरपालिकाको वनकसावासमा भिषण आगलागी भएको थियो । वनकसावासमा ४ घर जलेको थियो । जिल्लामा प्रत्यक वर्ष हावाहुरी सूरु हुन साथ आगोलागी हुने गरेको छ ।