होलीमा मादक सेवन गर्ने ११६ मोटरसाइकल चालक नियन्त्रणमा
प्रकाशित २०७५ चैत ७ बिहिबार
632
Shares
सिरहा । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले ट्राफिक नियम विपरीत चलाएको भन्दै बिहिबार एकै दिन ११६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
होलीका बेला मादक पदार्थ सेवन गरी सवारी चलाउने सात, तीन जना सवार भएको र बिना हेल्मेट चलाएको १०९ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।
नियन्त्रणमा लिइएको मोटरसाइकल आवश्यक जरिवाना तिराएर शुक्रबार छाडिने प्रहरी निरीक्षक बस्नेतले बताए ।