अबको जीवन स्वतन्त्र जिउने भन्दै विप्लवका कार्यकर्ताले दिए राजीनामा
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ चैत ७ बिहिबार
578
Shares
स्याङ्जा । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समुहका कार्यकर्ताले प्रेस विज्ञप्ती जारी गरि राजीनामा दिएका छन् । स्याङ्जा भीरकोट नगरपालिका वडा नम्वर १ बस्ने डाक्टर शेरबहादुर थापाले प्रेस विज्ञप्ती निकाल्दै विप्लव समुहबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
सरकारले विप्लव माओवादीलाई प्रतिवन्ध लगाएपछि सुरक्षा निकायको घेराबन्दीमा परेका कारण विप्लव माओवादी छाड्न बाध्य भएको हुन सक्ने अनुमान गरिएको छ । २०३७ सालको विद्यार्थी जीवनकाल देखि हालसम्म बामपन्थी राजनीतिमा लागेका थापा तत्कालिन एमालेसगँ आवद्ध हुदैपछि प्रचण्डले नेतृत्व गरेको नेकपा एमाओवादीमा रहेर काम गर्दै आएका थिए ।
एमाओवादी फुटेपछि बैद्य नेतृत्व माओवादी हुदै पछि विप्लव माओवादीमा आवद्ध रहेका थिए । वर्तमान परिस्थितीलाई मध्यनजर गर्दै बैचारिक दर्शनको आधारमा रहेर अब देखि कुनै पनि राजनीतिकदलमा नरहनेगरी राजनीनामा दिएको थापाले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका छन् । अवको मानव जीवन स्वतन्त्र रहने छु थापाले प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन्,“स्वतन्त्र रहेपनि मानव जीवनको हक अधिकार सुनिश्चित गराउने सभ्यतामुलक कार्यमा लाग्ने छु ।” शारिरीक रुपमा अशक्त भएका कारण राजीनामा दिन बाध्य भएको थापाले दावी गरेका छन् । भीरकोट नगरपालिका प्रमुख र नगर प्रवक्ता सहितको रोहवरमा थापाले प्रेस विज्ञप्ती जारी गर्दै राजीनामा घोषणा गरेका थिए ।
थापाले नेकपा एमाओवादीको जिल्ला सदस्य, बैद्य नेतृत्वको माओवादीको जिल्ला सदस्य, नेत्र विक्रम चन्द विप्लव माओवादीको जिल्ला सचिव रहेर काम गरेका थिए । सरकारले विप्लव माओवादीलाई प्रतिवन्ध लगाएपछि सुरक्षा निकायले जिल्ला स्थित विप्लव माओवादीका कार्यकर्तालाई खोज्न थालेपछि थापाले राजीनामा दिने पहिलो व्याक्ति रहेका छन् ।
लोकतन्त्रमा नागरिक स्वतन्त्र बस्न पाउने अधिकारको रक्षा गर्दै पार्टी परित्याग गरिएको थापाले बताएका छन् । स्याङ्जामा भने अहिले सम्म विप्लव माओवादीका कुनै पनि कार्यकर्ताे पक्राउ परेका छैनन् । खोजी कार्यलाई तिव्रता बनाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।