प्रेम रौले, बाजुरा। गत कार्तिक १० गतेबाट गिरिजा प्रसाद युवा मञ्च बाजुराले आयोजना गरेको प्रथम गिरिजा प्रसाद कप फुटबल प्रतियोगिताको उपाधी रानी वन स्पोर्टस युथ क्लवले हात पारेको छ । फाइनलमा रानीवनले नवजागरण युवा क्लव अछामलाइ १ का बिरुद्द ३ गोलले पराजित गरेको थियो । प्रतिस्पर्धामा रानीवनका खगी सिंहले खेल सुरु भएको ५ मिनेटमा नै गोल गरेका थिए । त्यसको प्रतिपाद गर्दै जन जागरण युवा क्लव अछामले लगत्तै १ गोल गर्दै खेललाइ बराबरीमा ल्याएको थियो । पहिलो हाप नसकिन अगावै उत्कृष्ठ ढंगले रानीवनका महेश शाहीले दोस्रो गोल थपेका थिए ।
मालिका उच्च माध्यामिक विद्यालयको खेल मैदानमा सुरु भएको खेलको दोस्रो हापमा रानीवनका खडक रोकायाले १ गोल थप्दै खेललाइ सुनिश्चित गरेका थिए । प्रथम गिरिजा प्रसाद कप फुटबल प्रतियोगितामा १६ टिम सहभागि भएको आयोजकले बताएको छ । विजेता रानीवललाइ कप ,मेडल प्रमाण पत्र सहित ६० हजार १ सय १ रुपैयाका चेक हस्तान्तरण गरिएको छ, भने उप विजेता नवजागरण युवा क्लव अछामलाइ मेड प्रमाण पत्र सहित ३१ हजार १ सय १ रुपैया चेक हस्तान्रण गरिएको आयोजकले बताएको छ ।
उक्त पतियोगितामा सहभागि भएका टिमहलाइ प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता तथा पुर्व सभासद देबराज जोशीले जिल्लाको खेल क्षेत्रको विकास गर्नका लागि सबैले एक भएर लाग्नु पर्ने बताएका छन् । गिरिजा प्रसाद युवा मञ्चका अध्यक्ष विरेन्द्र रावलले भने खेल जगतको विकास गर्नका लागि फुटबल प्रतियोगिता गरिएको बताएका छन् ।